बालबालिकाको सघन उपचार गुणस्तरीय बनाउन नर्सहरुलाई प्रशिक्षण

658
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल मेडिसिटी अस्पतालका नर्सहरुलाई बालबालिकाको सघन उपचार गुणस्तरीय कसरी बनाउन सकिन्छ भन्ने विषयमा चार दिने प्रशिक्षण दिइएको छ । सो प्रशिक्षण कार्यक्रममा बालरोग विभागमा कार्यरत २० जना नर्सहरुले विभिन्न विषयमा पशिक्षण प्राप्त गरेका छन् ।

बाल सघन उपचारमा आवश्यक पर्ने सैद्धान्तिक तथा व्यवहारीक ज्ञान प्रदान गर्न आयोजित कार्यक्रममा आईसियु सेवा, मेकानिकल भेन्टिलेटर, संक्रमण न्युनिकरण, बिरामी सुरक्षा तथा गुणस्तरिय उपचार, स्तनपान बारे जनचेतना, खानपान सन्तुलन, फिजियोथेरापी, तथा अन्य नैतिकताका विषयहरुलाई समेटिएको विषयमा प्रशिक्षण दिइएको थियो ।

नेपाल मेडिसिटी अस्पतालको बालरोग विभाग प्रमुख डा. आना शर्मा तथा नवजात शिशुरोग विभाग प्रमुख डा. सुचिता श्रेष्ठ जोशीले नेतृत्व गर्नुभएको प्रशिक्षण कार्यक्रममा गुणस्तर तथा बिरामी सुरक्षा, प्रशिक्षण विभाग, पोषण विभाग, नर्सीङ एडुकेटर लगायतको टोलीको संलग्नता रहेको थियो ।

सघन उपचारका हरेक विषयलाई समेटेको प्रशिक्षण कार्यक्रमबाट सहभागि नर्सहरुले आफ्नो क्षमता अभिवृद्धि गरी कुनै पनि आपत्कालिन अवस्थामा बालबालिका हरुलाई उत्कृष्ट सेवा प्रदान गर्न सक्ने डा. आना शर्मा बताउनु भएको । डा. शर्माले यस्तो किसिमका प्रशिक्षण कार्यक्रमलाई भविश्यमा पनि निरन्तरता दिइने बनाउनु भएको छ ।

नेपाल सरकारले कोरनाको तेश्रो भेरियन्टको प्रभाव बालबालिकामा बढी पर्न सक्ने बारे सु–सुचित गरिरहेको अवस्थामा यस किसिमको प्रशिक्षणले त्यस्तो परिस्थिती आइहाले तयारी अवस्थामा रहन सहयोग पु-याउने अस्पताले जनाएको छ ।