पछिल्लो २४ घण्टामा ३१२५ जनामा संक्रमण पुष्टि, २३ जनाको मृत्यु

574
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ३१२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १०६१३ नमुनाको पीसीआर परीक्षणमा २२७९ र ३१९८ एन्टिजेन परीक्षण गर्दा ८४६ जना गरी ३१२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने १ हजार ९२५ जना निको भएका छन् ।