उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ


न्युज अफ नेपाल ,काठमाडौ‌ ।

पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । जबर्जस्ती करणी उद्योग मुद्दामा उच्च अदालतबाट पनि उनले सफाइ पाएका हुन् ।

मंगलबार उच्च अदालतले उनीविरुद्धको मुद्दामा सुनुवाइ गर्दै सफाइ दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो ।

महराविरुद्धको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको अदालतकी प्रवक्ता अमृता शर्माले जानकारी दिइन् ।सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो ।