बजाजको नयाँ शोरुम जनकपुरमा


काठमाडौं, नेस ।

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालिले जनकपुरमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ओम अटोमोबाइल्सको उद्घाटन गरेको छ ।

सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जनकपुरमा पनि शोरुम संचालनमा ल्याएको कम्पनीको भनाइ छ । कम्पनीले ओम अटोमोबाइल्सका प्रोपराइटर सन्तोष कुमार साहलाई डिलरसीप प्रदान गरेको जनाएको छ । बजाज ग्राहकहरुले खरिद गरेको सामग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस्तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डाइरेक्टर अभिमन्यु गोल्छाले भन्नुभयो–‘हामी जनकपुरमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । जनकपुरमा यो नयाँशोरुम विस्तारसँगै, हामीले आशा गरेका छौं । ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।
सोरुम उद्घाटनको अवसरमा ओम अटोमोबाइल्सले मोटरसाइकल किन्ने ग्राहकहरुका लागि आकर्षक उपहारको व्यवस्था पनि गरेको कम्पनीले जनाएको छ ।