प्रदेश योजना आयोगले पूर्णता पायो


कास्की, नेस  । 

गण्डकी प्रदेश नीति तथा योजना आयोग सदस्यमा माया तिम्सिना नियुक्त भएसँगै आयोगले पूर्णता पाएको छ । नवनियुक्त सदस्य तिमिल्सिनालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा आयोग उपाध्यक्ष डा। रघुराज काफ्लेले पद तथा गोपनीयताको सपथ गराउनुभयो ।

सपथपछि मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धिका लागि अनुभव प्रयोग गर्न आग्रह गर्दै । संघ तथा प्रदेशका पञ्चवर्षीय योजना कार्यान्वयन, दिगो विकासका लक्ष्य प्राप्तिका साथै रोजगारी सिर्जना हुने गरी आयोगले काम गर्नुपर्ने बताउनुभयो । पोखरा– ३३, भोटेपोखरीकी तिम्सिनाले अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट एमफिल गर्नुभएको छ ।