बादललाई विद्युतीय चार्जकाे झट्का दिएर दुबईमा कृतिम वर्षा


काठमाडौं ।

दुबई सहरमा अत्यादिक गर्मीको कारण मानिसहरु बेहाल भएपछि बादललाई विद्युतीय चार्जको  झट्का दिएर कृतिम वर्षा गराइएको छ। त्यहाँको मौसम विभागका अनुसार आइतबार दुबईसहित धेरै इलाकामा वर्षा गराइएको हो।

दुबईमा तापक्रम ५० डिग्री पुगेको कारण जनजीवन प्रभावित बनेको छ। गर्मीका कारण मानिस र पशुपंक्षीहरुको मृत्यु भइरहेको छ। यसबाट बच्नका लागि कृतिम वर्षा गराएको हो।मौसम विभागका अनुसार ड्रोनको प्रयोग गर्दै बादललाई विद्युतीय चार्जमार्फत् झट्का दिएर वर्षा गराइएको हो।क्लाउ सिडिङ’ नामक प्रविधिमार्फत् झट्का दिँदा बादलमा घर्षण पैदा भएर पानी पर्ने विभागले जनाएको छ।