एमाले उपाध्यक्ष भीम रावलले राजीनामा फिर्ता लिए


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिएका छन् । सभामुख अग्नि सापकोटालाई भेटेर रावलले राजीनामा फिर्ता लिएका हुन् ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले राजीनामा दिएका थिए।२०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएका थिए ।

रावललाई एमाले नेता माधव नेपालले भेटेर राजीनामा फिर्ता लिन आग्रह गरेका हुन् । सभामुखलाई भेटेर रावलले जनता र पार्टीको आग्रहअनुसार राजीनामा फिर्ता लिएको बताए।