अवैध सम्वन्ध पछि बच्चा जन्मियो, आरोपित पक्राउ


पाल्पा, ।

अबैध सम्बन्ध राखेर बच्चा (छोरी) जन्माएपछि एक पुरुष पक्राउ परेका छन । जबर्जस्ती गरेर बच्चा जन्माउन बाध्य पारेको भन्दै पीडित ३४ वर्षकी युवतीले प्रहरीमा दिए पछि आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

म्हिलाको उजुरीका आधारमा तानसेन नगरपालिका बस्ने पुरुषलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पक्राउ पर्नेमा तानसेनमा बस्ने ४४ वर्षका अर्जुन विक छन । विकले ती महिलालाई जबर्जस्ती करणी गरेकैले ती महिलाले गर्भ बोकी बच्चा जन्माएको र बच्चा बिरामी भई लुम्विनी मेडिकल कलेजमा सोमबार उपचारको क्रममा मृत्यु भएको छ ।

बच्चाको मृत्यु भएपछि ती पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । उहाँका अनुसार यस विषयमा थप अनुसन्धान कार्य जारी छ ।