माओवादीको स्थायी कमिटी बैठक बस्दै, सरकारमा पठाउने मन्त्रीबारे छलफल हुने


काठमाडौं ।

नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठनलगायत विषयमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।

उनका अनुसार बैठकमा सरकारमा जाने मन्त्रीका विषयमा पनि छलफल गरिने छ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर सरकार सञ्चालनको साझा कार्यक्रम बनाएर जाने विषयमा छलफलसमेत गरेका थिए ।