प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता


काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनको प्रमुख दल नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) बीच भेटवार्ता भएको छ ।मंगलबार बिहान नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

देउवाले प्रधानमन्त्रीको पद सम्हालेपछिको प्रमुख सत्तासाझेदार पार्टी माओवादी केन्द्रका अध्यक्षसँगको भेटवार्तामा आपसी सहमति र सहकार्यका आधारमा अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ । माधव नेपालसँग भएको भेटमा पनि यसै विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।