जापान पठाउने भन्दै ठगी गर्ने गिरोह पक्राउ


 काठमाडौं, (नेस)  । 

सामाजिक सञ्जाल फेसबुकमा जापानिज नागरिक बनेर जापान पठाउने भन्दै ठगी गर्दै आइरहेको एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।तानकायोका नामबाट फेसबुक आईडी खोलेर आफू जापानको अध्यागमनमा काम गरिरहेकोे र नेपालीहरुलाई वर्किङ भिसामा जापान ल्याउने सक्ने बताउँदै सो गिरोहले विभिन्न नेपाली नागरिकसँग ३९ लाख ठगी गरेको अभियोगमा पक्राउ गरेको महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरकी सुभद्रा परियार, इलामकी पूजा राई, सिन्धुपाल्चोकका राजेन्द्र ढकाल र भक्तपुरकी दीपिका केसीलाई प्रहरीले पक्राउ गरेको छ ।