ह्वाङ्हो सभ्यता र हाम्रो मुलुक



चीनको मध्यपूर्वी भागमा एउटा लामो नदी छ, जसलाई चिनियाँहरू ह्वाङ्हो नदी भन्छन् । यसै नदीको किनारबाट शुरू भएको सभ्यतालाई हामी ह्वाङ्हो सभ्यता पनि भन्छौं । इसापूर्व २६ सय वर्षअगाडि शुरू भएको यो चिनियाँ सभ्यतासँगै चीनलाई धेरै राजाहरूले शासन गरे । उनीहरूले शासन मात्र गरेनन् चिनियाँ समाजमा अफिमजस्तो विषको बीजारोपणसँगै यसको व्यापारीकरण गरे । आफ्नो सीप र कौसलमा मूल्य देख्ने त्यति बेलाका गरिब जनतालाई शासकले भ्रष्ट बनाए । चीनका सबैजसो भूभागहरूमा अफिम खेतीको शुरूवात गरियो र चीनको प्रमुख आयस्रोत नै अफिम बन्यो । चीनको त्यति बेलाको उत्पादित अफिमको ठूलो मात्रा पश्चिमा मुलुकहरूमा खपत हुन्थ्यो, खास गरी फ्रान्स र बेलायतमा । चीन सामन्तकालीन त्यो समाजमै विकसित बाटोमा उन्मुख हुँदै थियो ।

वैदेशिक मुद्रा भित्रिँदै जानु, चीन सम्पन्न बन्दै जानु, पश्चिमा मुलुकहरू खास गरी बेलायतका लागि यो एउटा दुःखद घटना हुँदै थियो । बेलायतले यसै समयमा घोषणा ग¥यो– चिनियाँ अफिम अब प्रतिबन्ध हुनेछ । चीनभित्र यो घटना त्यति सहज हुन भने सकेन । बेलायती प्रतिबन्धका बाबजुद पनि चीनले यसलाई रोक्न सकेन । परिणामस्वरूप सन् १८३८ देखि सन् १८४२ सम्म अफिम युद्ध भयो, जसमा २० हजारभन्दा बढी मानिसले ज्यान गुमाउनुप-यो । चीनको यसमा हार मात्र प्रमाणित भएन, उसले आफ्नो देशलाई दीर्घकालीन समयसम्म बाँध्न सक्ने बेलायती साम्राज्यको सन्धिपत्रमा हस्ताक्षर गर्नुप¥यो । त्यो सन्धिपत्रले चीनको दक्षिण–पूर्वी भूभाग हङकङ उसबाट अलग ग¥यो । त्यस बेला चीनका ५ मुख्य बन्दरगाह खुल्ला गर्नुपर्ने, विदेशी वस्तुमा ५ प्रतिशतभन्दा बढी आयात कर लगाउन नपाइने र बेलायती नागरिकलाई चिनियाँ कानुन बाध्य नहुनेजस्ता अर्धऔपनिवेशिक मुलुकको स्वीकृतिपत्रमा चीनको हस्ताक्षर भयो । यो राज्यको सम्झौताबाट चिनियाँ जनता आहत भए ।

उनीहरूले छिटफुट विद्रोह पनि गरे तर सामन्तवादी सत्ता विदेशीसँग गर्नुपरेको सम्झौतामा कुनै आत्मग्लानिको महसुस गर्दै थिएन । चीनको त्यसपछिको समाज निकै गरिबी र सामाजिक विपत्तिको सिकार हुन पुग्यो । सन् १९२८ सम्म चीन एउटा पछौटे सामन्तवादी मुलुकको रूपमा स्थापित भयो तर पछि केही सम्झौताहरू खारेज भए ।तर पनि सामन्ती जमिनदारी प्रथा र यसको चरम विकास भएको बृहत् चीनमा मानिसहरू पशुजस्तै सजिलै किनबेच हुनु र भोकमरीले मर्नु कुनै अनौठो विषय थिएन । कमजोर मानिसलाई विधिन्न रोगले गाँजेजस्तै चीनलाई सम्राज्यवादी मुलुकहरूले उपयोगको माध्यम बनाउन खोजे ।यसै बीच अर्को त्यो समयको साम्राज्यवादी मुलुक जापानले चीनमाथि हमला ग¥यो । निराश चिनियाँ जनता अब न त कुनै पनि विदेशी शक्तिलाई टिकिरहन दिन चाहन्थे, न त चीनभित्रका सामन्तहरू जसले फेरि जापानसँग सम्झौता गर्न लाग्दै थिए उनीहरूसँग नै । सन् १९२१ मा निर्माण भएको चिनियाँ कम्युनिस्ट पार्टी नै भावी चीनको भविष्य बन्न खोज्दै थियो । चीनका सुख्खा पहाडहरू, कठोर हिमले भरिएका बस्तीहरू र मरुस्थलहरूबाट अब चीन गर्जंदै थियो ।

सन् १९२७ मा चीन तयार भयो स्वतन्त्र, स्वाधीन र विशाल चीनको निर्माण यात्रामा निस्कन । हजारौं बस्तीहरू जले, तोप र गोलाहरू महँगो भए र जीवन निकै सस्तो भयो । आफ्ना भावी सन्ततिहरूको निमित्त चीनको एउटा पुस्ताले परिवर्तनको आगोमा बारुद बनेर पड्किन तयार भए । परिणामतः सन् १९४९ मा चीनले पुनः जन्म पायो ।अब चीन स्वतन्त्र छ, ९९ सय वर्षअगाडि बेलायतले जुन साम्राज्यवादी शैलीमा चीनको एउटा सुन्दर भूभाग हङकङ खोसेको थियो, स–सम्मान फिर्ता गरेको छ । आज चीन संसारकै तीव्रगतिको बुलेट रेलको गतिमा दौडिरहेको छ । आजका चीनका पुस्ता पुर्खाको त्यो इतिहासको जगमा विश्वकै उत्कृष्ट चीन निर्माणको यात्रामा लम्किरहेका छन् ।
सोच्छु, १९४९ को शिशु चीन साँच्चै जवान भएको छ । जब चीनको विशालतासँगै यसको इतिहासमा डुबुल्की मार्न खोज्छु, तब आफ्नो देशको इतिहाससँग जोड्न मन लाग्छ ।

हामीले पनि सामन्ती समाज नभोगेको कहाँ हो र ? हामीले पनि हाम्रो भूमि नगुमाएको कहाँ हो र ? सबैभन्दा प्रिय कुरा कुनै गुमायौं भने ती हाम्रा आफन्तहरू थिए, तर पनि हामी चिनियाँहरूको त्यही समाजमा छौं, जहाँ मानिसहरूको बिक्री हुन्थो । फरक यत्ति छ कि उनीहरू आफ्नै देशभित्र बिक्री हुन्थे, हामी अन्तर्राष्ट्रिय वस्तुजस्तै बिक्री भैरहेका छौं ।त्यो समाज, जहाँ मानिस अकाल मर्ने गर्थे, हाम्रोमा कुपोषणको सिकार भएर मरिरहेका छन् । राज्य लुटेराहरूको हातमा परेको छ । आज पनि हाम्रो मानवताको मरूध्यानमा जीवनरूपी विकासको फूल फुल्न सकेको छैन । यसको लागि हामीले हाम्रा पुर्खाहरूको रगतहरूले सिञ्चिएको यो भूमिमा झारहरू होइन, सुन्दर फूलहरू फुलाउनुपर्ने बेला भएको छ ।
– सुमन सुस्केरा, रसुवा ।

प्रतिक्रिया दिनुहोस्