गौरिका र एलेक्सले झण्डा बोक्ने


काठमाण्डौ, (एजेन्सी) । 

टोकियो ओलम्पिक्समा पौडीकी गौरिका सिंह र पौडीकै एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले उद्घाटन समारोहको मार्च पासमा संयुक्त रूपमा नेपालको झण्डा बोक्ने भएका छन् ।

टोकियो ओलम्पिक यात्राका विषयमा मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल ओलम्पिक कमिटी (एनओसी) ले गौरिकाले बोक्ने जानकारी दिएपनि अब दुवै जनाले बोक्ने बताइएको छ । लैगिंक समानताका आधारमा एक महिला र एक पुरुषलाई मार्च पासमा झण्डा बोक्न लगाउने भन्ने अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) को नीतिअनुरूप टोलीको सिनियर खेलाडी र सँगको पदक विजेताका रूपमा गौरिका र टोलीको एक मात्र पुरुष खेलाडी भएकाले एलेक्सले संयुक्त रूपमा झण्डा बोक्ने तय भएको हो ।

आईओसीको कार्यकारी बोर्डले मोर्च ४ मा ओलम्पिकको उद्घाटनको मार्च पासमा हरेक देशको एक महिला र एक पुरुषले संयुक्त रूपमा झण्डा बोक्न पाउने प्रावधान पास गरेको थियो । त्यो अनिवार्य नभए पनि सम्बन्धित सबै सदस्य राष्ट्रलाई त्यो अवसरको उपयोग गर्न प्रेरित गर्ने निर्णयअनुसार नै नेपाली सहभागीले संयुक्त रूपमा झण्डा बोक्न लागिएको हो ।