उपत्यकाका प्रजिअहरुको बैठक बस्दै,लामो दूरीको गाडी खुलाउने तयारी


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीहरुको आज संयुक्त रूपमा निषेधाज्ञाबारे छलफल गर्न बैठक बस्दै छ ।आज दिउँसो  काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय हुने भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार लामो दुरीका गाडी खोल्ने या नखोल्ने भन्नेमा आज निर्णय हुनेछ । हवाइ उडानसमेत खुलेपछि यातायात व्यवसायीले लामो दूरीका गाडी खुलाउन दबाब दिँदै आएका छन् ।

फेरि संक्रमण बढ्दै गएपनि खोप लगाउनेक्रम पनि बढेकाले अझै खुकुलो बनाएर जनजीवनसँगै आर्थिक जीवन पनि सहज बनाउने भन्नेमा प्रजिअहरु एकमत छन् । यसको आधिकारिक निर्णय काठमाडौँ जिल्ला प्रशासनमा आज हुने बैठकले टुंगो लगाउने उनले बताए ।  बैशाख १६ देखि जारी निषेधाज्ञा असार ३१ गते राति १२ बजे सकिँदै छ ।