रेडियो आँधीखोला र स्याङ्जा पत्रकार समाजबीच भेटघाट

224
Shares

अमृत अर्याल, स्याङजा ।

आँधीखोला सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित रेडियो आँधीखोला र स्याङ्जा पत्रकार समाज नेपालबीच भेटघाट तथा परिचयात्मक कार्यक्रम गरिएको छ । वालिङ ८ घयाङलिङ स्थित आफ्नै भवनमा आयोजित कार्यक्रममा रेडियोले पत्रकार समाजलाई स्वागत तथा बधाई समेत व्यक्त गरेको हो ।

कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले पत्रकारिताको माध्यमबाट आफ्नो जन्म जिल्लालाई माथि उकास्न पत्रकार समाजले महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै उपप्रमुख तिवारीले पत्रकारहरुको क्षमता विकास तथा पेशागत हकहितका लागी नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा रेडियो आँधीखोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डेले समाजलाई रेडियोमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको भन्दै समग्र सञ्चार क्षेत्रको विकासले नै समाज परिर्वतन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा स्याङ्जा पत्रकार समाजका अध्यक्ष ईन्द्र रिजालले आफ्नो जन्म जिल्लाको गतिविधिलाई थप विस्तार गर्न र पत्रकारहरुको क्षमता विकास तथा पत्रकारहरुलाई स्थापित गराउनका लागी समाजले भुमिका खेल्ने बताउनुभयो । रिजालले पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघसँग मिलेर पुरस्कार वितरण, विभिन्न तालिम संन्चालन, आर्थिक सहयोग लगायतका कार्यक्रमहरु ल्याउने वताउनुभयो ।

कार्यक्रममा भीरकोट ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी, रेडियो आँधीखोलाका सचिव यमकान्त खनाल, सदस्य अमृत खनाल, धु्रव पंगेनी, पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैह्रे, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष तथा रेडियोका सदस्य श्रीकृष्ण सिग्देल, प्रेस युनियनका अध्यक्ष प्रदिप कोईराला, पत्रकार महासंघका उपाध्यक्ष राधाकृष्ण डुम्रे, स्याङ्जा पत्रकार समाजका कोषाध्यक्ष भुपराज बस्याल, सदस्य लक्ष्मण वियोगीलगायतले श्रमजीवी पत्रकारहरुको हकहितका कुराहरु उठाउनु स्वाभाविक र आवश्यक भएकाले समाज सोहीअनुशार अगाडी बढ्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा रेडियोले आफ्नो सञ्चालक सदस्य श्रीकृष्ण सिग्देल, स्टेसन म्यानेर तोलाकान्त बगाले, लेखा सदस्य रामप्रसाद लामिछाने र सेयर सदस्य राधाकृष्ण डुम्रेलाई सम्मान तथा बधाई व्यक्त गरेको छ । नेपाल पत्रकार महासंघको अधिवेसनबाट सर्वसम्मत अध्यक्ष सहित अन्य पदाधिकारीमा निर्वाचित भएको भन्दै सम्मान गरेको हो । पत्रकार महासंघका अध्यक्ष सिग्देल, उपाध्यक्ष डुम्रे सहसचिव बगाले र सदस्य लामिछानेलाई खादा तथा अबिरले सम्मान गरिएको हो ।

यसैबीच सोही कार्यक्रममा स्याङ्जा पत्रकार समाजद्धारा प्रकाशित भित्रे पात्रो समेत रेडियोलाई हस्तान्तरण गरिएको थियो । गत फागुनमा गठित समाजमा स्याङ्जा जन्मथलो भई काठमाडौ, पोखरालगायत विभिन्न जिल्लामा पत्रकारिता गर्दै आएका पत्रकारहरु आवद्ध छन् ।