हेटौंडामा घन्कियो ‘केपी ओली आई लभ यु’

154
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

सर्वोच्च अदालतले सोमबार गरेको प्रतिनिधिसभा विघटन बदर, संसद् पुनस्र्थापना, शेरबहादुर देउवालाई दिइएको परमादेशको विरोधमा हेटौंडामा विरोध प्रदर्शन भएको छ । प्रम केपी ओलीनिकट जनवर्गीय संगठनहरुले प्रदेश राजधानी हेटौंडाको बुद्धचोकमा विरोध जनाउँदै नारा लगाएर विरोध प्रदर्शन गरेका हुन् ।

‘निर्दलीय व्यवस्था चाहिँदैन, लोकतन्त्र मास्न पाइँदैन’, ‘संवैधानिक सर्वाेच्चता कायम गर’, ‘प्रतिगामी फैसला मुर्दावाद’, ‘केपी ओली आई लभ यु’, ‘सर्वोच्च अदालत होसियार’, ‘आज होइन भोलिलाई–१० वर्ष ओलीलाई’ भन्दै युवाले नारा लगाएका थिए ।

उनीहरुले बहुदलीय व्यवस्था जोगाउन सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन गर्नुपरेको बताएका छन् । उनीहरुले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना र प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परामदेश जारी गरेको फैसलाको प्रति जलाए । प्रदर्शनमा युवा संघ, अनेरास्ववियु, महिला संघ, खेलकुद महासंघलगायत संगठनको सहभागिता थियो ।