राते मृगसहित चार युवा पक्राउ

826
Shares

न्युज अफ नेपाल, पाल्पा ।

पाल्पामा मरेको मृगसहित चार युवा पक्राउ परेका छन् । बाग्लुङको बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको ध १ ज ४६५ नं.को बोलेरो पिकअपलाई चेकजाँच गर्ने क्रममा अन्दाजी ८ केजीको अवैध वन्यजन्तु राते (मृग) मृत अवस्थामा पछाडीको सिटमा राखेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृग रिब्दिकोट गाउँपालिका–३ हार्थोक बजारमा प्रहरीे प्रहरी टोलीले फेला पारेको हो । प्रहरीले पिकअप चालक बाग्लुङ ढोरपाटन नगरपालिका– ६ का २८ वर्षीय रमेश भण्डारी, बाग्लुङ निस्दीखोला गाउँपालिका– ३ का २९ वर्षीय छमबहादुर मल्ल,नवलपरासी बर्दघाट नगरपालिका– ४ का २९ वर्षीय सुरेश थापा, अर्घाखाँची पाणिनी गाउँपालिका – ८ का ३२ वर्षीय मोविन वलीलाई मृतक मृग सहित पक्राउ गरेको छ ।

ती युवाहरुले ढोरपाटन शिकार आरक्षण क्षेत्रबाट चोरी तस्कारी गरी ल्याएको हुन सक्ने आशंकमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातिले जानकारी दिनुभयो । प्रहरी उपरिक्षक त्वातिका अनुसार ति युवालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयको जिम्मा लगाइएको छ ।