बजेटबारे प्रदेश सभामा छलफल शुरु, विपक्षी गठबन्धद्वारा बजेटको चर्को विरोध

140
Shares

यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष ०७८/०७९ को प्रस्तुत बजेट माथि प्रदेश सभामा छलफल भएको छ । छलफलमा विपक्षी गठबन्धनका सांसदहरुले बजेटको विरोध गरेका छन् भने सत्ता पक्ष सांसदले बजेटको समर्थन गरेका छन् । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष ०७८/०७९ को प्रस्तुत बजेट माथि प्रदेश सभामा छलफल भएको छ ।

विपक्षीहरुले सरकारलाई बैधता पुष्टि गर्न माग गर्दै बारम्बार संसद बहिष्कार गर्दै आएपछि बजेटमा छलफल हुन सकेको थिएन । आईतवार माओबादी केन्द्रका संसदिय दलका नेता कुल प्रसाद केसीले विषेश समय लिएर बोले संगै बजेट माथि छलफल अगाडी बढेको थियो । केसीले केन्द्रमा विपक्षी गठबन्धनलाई बलमिचाई गरेर अगाडी बढ्न खोजे ठुलो दुर्घटना हुने भन्दै सत्तापक्षलाई चेतावनी दिनु भयो । उहाँले सरकारलाई लोकतान्त्रिक पद्धतीबाट चल्न आग्रह गर्नु भयो ।

केसीको सम्बोधन पछि बजेट माथि दलीय प्रतिनिधित्वको आधारमा छलफल भएको थियो । छलफलमा विपक्षी गठबन्धनका सांसदले बजेट जनमुखी नभई सत्ता सिन दल र मन्त्रीमय भएको टिप्पणी गरेका थिए ।विपक्षीहरुले बजेटको विरोध गरेपनी सत्ता पक्षले भने बजेटको समर्थन गरेका छन् । प्रदेश सभामा सेवा र कार्यका लागी लुम्बिनी प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्न बनेको विधेयक बहुमतले पारित भएको छ । आगामी बैठक सोमवार ११ बजे बस्ने छ ।