कोभिडबाट बच्न युनिलिभर नेपालद्वारा सहयोग



न्युज अफ नेपाल, हेटौंडा ।

विसं २०५० (१९९३) देखि हेटौंडामा कारखाना सञ्चालन गरेर नेपाली समाजप्रति जिम्मेवारीयुक्त कम्पनी युनिलिभर नेपाल लिमिटेडले नेपालमा कोभिड महामारीको दोस्रो लहरमा सहयोग गरेको छ । आफ्नो ग्लोबल आपूर्ति शाखाका नेटवर्कलाई सक्रिय गरी मेडिकल तथा आपत्कालीन उपकरण, जिल्ला प्रशासन कार्यालय मकवानपुर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वीरेन्द्र अस्पताल छाउनी र नेपाल उद्योग वाणिज्य महासंघमार्फत् युनिलिभरले सहयोग गरेको हो ।

विश्वका विभिन्न युनिलिभर व्यवसाय तथा अन्तर्राष्ट्रिय युनिलिभरद्वारा तत्काल आवश्यकता परेका स्थानहरुमा अक्सिजन कन्सन्ट्रेटर, उपकरण तथा सामान, मेडिकल क्षेत्रमा अग्रस्थानमा रहेर आफ्नो ज्यान जोखिममा राख्दै सेवा गर्ने मेडिकल कर्मचारीलाई भाइरसबाट रोकथाम तथा उपचारका लागि अत्यन्त आवश्यक मेडिकल उपकरण र महत्वपूर्ण उपकरण सहयोग गरिएको युनिलिभरले जनाएको छ ।

उपकरण हस्तान्तरण कार्यक्रममा युनिलिभर नेपालका प्रवन्ध निर्देशक अम्लान मुखर्जीले भन्नुभयो–हाम्रो बुझाइमा वर्तमान समयमा कोभिडका सिकिस्त घटनालाई निरन्तर अक्सिजन आपूर्ति पुग्ने तरिकाले मेडिकल पूर्वाधारको भार कम गर्नुपर्छ । यसको निम्ति अन्य रोगका उपचारका लागि अक्सिजन थेरापीका उपकरणहरु पर्याप्त मात्रामा हुनुपर्छ ।

स्वास्थ्य संकटलाई निरुपण गर्न तथा लड्न युनिलिभर परिवारले नेपाली जनताको हितका लागि अधिकारीहरुलाई हरसम्भव सहयोग जारी राख्ने उहाँले स्पष्ट पार्नुभयो । कोभिड सक्रमितलाई हेरचाहका लागि अतिआवश्यक पर्ने प्लान्ट स्थापनाका लागि मेडिकल उपकरणहरु बाहेक युनिलिभरले हेटौंडामा अक्सिजन प्लान्ट स्थापना गर्न उल्लेख्य आर्थिक सहयोग गरेको छ । युनिलिभरले लाइफब्वाय ब्राण्डलाई लिएर महामारीमा सही व्यवहारबारे जनचेतना जगाउन विभिन्न सञ्चारमाध्यमबाट पब्लिक सर्भिस एनाउन्समेन्ट अभियान सञ्चालन गरेको छ । लाइफब्वाय साबुन युनिलिभर नेपालले उत्पादन गर्दछ ।

प्रतिक्रिया दिनुहोस्