एकै गोठमा १३ भेडा मरे



घनश्याम बगाले, नवलपरासी ।

पूर्वी नवलपरासीको मध्यबिन्दु १ अभियानमा एकै गोठका १३ भेडा गए राती मरेका छन् भने २ भेडा घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार स्थानीय एकल महिला मनकुमारी महतोले पालेका ति भेडाहरु गए राती मरेका हुन् ।

एउटै गोठका दर्जन बढी भेडा मरेको र मर्ने तथा घाईते सबै भेडाको घाँटीमा चोट रहेकोले भेडालाई कुनै जंगली जनावरले मारेको अनुमान गरिएको छ । घर नजिकैको सामान्य गोठमा बाधिएका भेडा बिहान खोरमा नदेखिए पछि खोजी गर्दा गोठ वरपर भेडाहरु मरेको भेटिएका थिए ।

स्थानीयले नजिकै रहेका सामुदायिक वनबाट आएको चितुवाले भेडाहरुलाई आक्रमण गरी मारेको आशंका गरेका छन् । भेडा मारिएपछि बर्षौदेखि भेडा पालेर जीविको पार्जन गर्दै आएकी महतोको गोठ एकै रातमा रित्तिएको छ । घाइते दुई भेडाको पनि घाँटी तथा अन्य भागमा गम्भीर चोट लागेको छ । घटनाबारे अनुसन्धान भईरहेको जिप्रका नवलपरासी पुर्वका सुचना अधिकारी प्रनाउ दिलीप कुमार गिरीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्