पछिल्लो २४ घण्टामा थप २२३९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

84
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ६६५७ पीसीआर परीक्षण गर्दा १४७९ जना र ४६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २२३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १३१६ जना निको भएका छन् ।