रौतहटमा दुई पक्षबीच झडप, ४ जना घाईते ६ वटा मोटरसाईकलमा आगजनी

2.3k
Shares

सञ्जय कार्की, रौतहट ।

मदिरा सेवन गरेका समूहसँग चन्द्रपुर नगरपालिका–८ बस्तीपुरमा स्थानीयको झडप हँुदा ४ जना घाईते भएका छन् भने ६ वटा मोटरसाईकलमा आगजनी भएको छ । शुक्रबार १० बजेदेखि भएको झडप शनिबार बिहान ४ बजेसम्म भएको प्रहरीले जनाएको छ ।

स्थानीय दिप नारायण चौधरीले मदिरा सेवन गरेका समुह बाहिरबाट ल्याई श्रीराम चौधरीको खाली घरमा पुनः मदिरा सेबन गर्दै बस्तिमा मोटरसाईकल बाट ध्वनी प्रदुषण गराएको आरोप रहेको छ । उनको घर समेत तोडफोड भएको छ । स्थानीयको प्रतिकारपछि मदिरा सेवन गरेका समूह भागेर ज्यान जोगाएका छन् । उनीहरुको आक्रमणबाट स्थानीय चार जना घाईते भएका छन । आगजनी भएको मोटरसाईकलको नम्बर खुल्न सकेको छैन ।

घटना भएलगत्तै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी टोलिको सक्रियताले मानवीय क्षती हुन पाएन । राती नै ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो । घटनामा सलग्न केहीलाई ईलाका प्रहरी कार्यालय चन्द्रानिगाहपुरले नियन्त्रणमा लिएको छ । मदिरा सेवन गरेका समुह बाट मोटरसाईकल बाट ध्यवनी प्रदुषण गराएर स्थानीय लाई आतकित बनाउन खोजेपछि प्रतिकार भएको स्थानीय अजय चौधरीले बताउनु भयो ।

नियोजित तबरले बस्तिमा मदिरा सेबन गरेका समुह प्रबेश गरेको स्थानीयको भनाई रहेको छ । बस्ती नजिकै रहेको खाली जग्गाको बिषय लाई लिएर एक दशक देखि झगडा हुदै आएको छ । खाली जमिन सार्बजनिक हुनु पर्ने माग स्थानीयको रहेपनि दिप नारायण चौधरीले आफनो नाममा दर्ता रहेको दाबी गर्दै आएपछि बस्ती उनी र उनको परिवार बाहेक दुई भागमा विभाजित रहेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले घटना भएलगतै प्रहरीको उपश्थितीले मानवीय क्षती हुन नपाएको बताउनु भयो ।