काठमाडौंमा थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि, ५३३० सक्रिय संक्रमित

224
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा थप ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १०५ र भक्तपुरमा २९ जना जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै काठमाडौं उपत्यकामा थप ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, काठमाडौंमा ५३३० जना सक्रिय संक्रमित छन् । आज देशभर २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप १५ जनाको मृत्यु भएको छ ।