लुुम्बिनी प्रदेश सरकारलाई मिडिया मैत्री कार्यक्रम सञ्चालन गर्न र मिडियालाई खोपको व्यवस्था गर्न माग

112
Shares

यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेश सरकार मिडिया मैत्री हुनु पर्ने र मिडियालाई बचाउने गरि कार्यक्रम संचालन गर्न सरकार संग माग गरिएको छ । प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य निर्देशनालयले मंगलवार बुटवलमा आयोजना गरेको कोभिड १९ रोकथाम र नियन्त्रण सम्बन्धमा पत्रकार अन्तरक्रिया कार्यक्रममा वोल्ने पत्रकारहरुले प्रदेशको स्वास्थ्य मन्त्रालयलाई प्रदेशका मिडिया हाउस र पत्रकारहरु सुरक्षित हुने गरि कार्यक्रम संचालन गर्न माग गरेका छन ।

उनिहरुले कोभिडको अग्रभागमा खटिने प्रदेशका संचारकर्मीलाई कोभिड विरुद्धको खोपको व्यवस्थापन गर्न समेत सरकारसंग माग गरेका छन् । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भोज प्रसाद श्रेष्ठले सरकारलाई जिम्मेवार बनाउन नीजि को सुझावलाई मध्यनजर गरि वजेट र नीति तथा कार्यक्रम ल्याईएको बताउनु भयो । विशेषज्ञको सुझावका आधारमा अब कुन उम्मेरकालाई खोप लगाउने भन्ने तय गरिने बताउदै मन्त्री श्रेष्ठले नीजि क्षेत्रलाई खोप ल्याउन अधिकार दिएपनि ल्याउन समस्या भएको धारणा राख्नु भयो ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद गिरीले प्रदेशमा असार २० गतेसम्ममा १ हजार ९३४ जनाको कोभिड संक्रमणवाट मृत्यु भएको र ७९ हजार जना संक्रमित भएको बताउनु भयो । प्रदेशका सबै अस्पताल र स्वास्थ्य केन्द्रमा कोभिड परिक्षणका लागि एनटिजेनको व्यवस्था मिलाएको औल्याउनु भयो । निर्देशक गिरीले लुम्बिनी प्रदेशमा सवैभन्दा राम्रो पीसिआर परिक्षणको लागि ७ वटा सरकारी ५ वटा नीजि र नवलपरासीमा तयारहसदै गरेको समेत गरि १३ वटा ल्याव भएको बताउनु भयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका सचिव भरत केसीले मिडियाहाउस र पत्रकारको पेसा सुरक्षित हुने गरि कार्यक्रम संचालन गर्नसरकार गम्भिर बन्न माग गर्नु भयो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डेले संघिय सरकार प्रदेश,र जिल्ला तहवाट आउने कोभिडका सुचना तथा तथ्यांकमा फरक हुदां समाचार सम्पादनामा समस्या हुने गरेको धारणा राख्नु भयो । संचारिका समुहको व्यवस्थापनमा गरिएको कार्यक्रममा सहभागिहरुले उठाएका विषयलाई आगामी दिनमा समेटेर अगाडी बढने निर्देशनालयका निर्देशक गिरीले प्रतिवद्धता व्यक्त गर्नु भएको संचारिका समुहकी प्रदेश महासचिव अमृता अनमोलले जनाउनु भएको छ ।