वडाध्यक्ष आचार्यको कोरोना संक्रमणबाट निधन

714
Shares

यमलाल भुसाल, बुटवल।

कोरोना संक्रमणका कारण बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का वडाअध्यक्षको निधन भएको छ । काठमाडौको ह्याम्स अस्पतालमा उपचाररत वडा अध्यक्ष हुमनाथ आचार्यको मंगलवार बिहान निधन भएको हो । बुटवलमा अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौमा लगिएका आचार्यको विहान मृत्यु भएको बुटवल उपमहानगरपालिकाकी उपमेयर गुमादेवी आचार्यले जानकारी दिनु भयो ।

एक हप्ता भन्दा बढि समयदेखि उहाँको काठमाडौमा उपचार भइरहेको थियो । उहाँलाई असार १० गते संक्रमण पुष्टि भएको थियो । ७० वर्षीय वडा अध्यक्ष आचार्यको एक पत्नी, दुई छोरा बुहारी र नातिनातिना रहेका छन । यस अघि बुटवलमा एक वडा सदस्यको पनि कोरोना संक्रमणवाट निधन भएको थियो ।