दुई साताभित्र चिनियाँ खोप भित्रिने

798
Shares

काठमाडौं, (नेस) ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सामाजिक सञ्जालमार्फत दुई साताभित्र नेपालले ४० लाख मात्रा खोप ल्याउन लागेको जानकारी दिनुभएको छ ।

उहाँले ट्वीटरमा दिनुभएको जानकारीअनुसार नेपाल वायुसेवा निगमले पहिलो खेप ८ जुलाईमा ल्याउने तयारी गरेको छ । निगमले ९, १५, १६, २२ र २३ जुलाईमा अन्तिम खेप गरी ६ पटकमा ४० लाख मात्रा खोप ल्याउनेछ ।

उहाँले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब खोप लगाउने उमेर समूह निर्धारण गर्नुका साथै कार्यतालिका प्रकाशन गर्ने भनेर ट्वीटरमा लेख्नुभएको छ । यद्यपि मन्त्रालयले भने सूचना गोेप्य राख्न माथिको निर्देशन भएकाले खोप आएपछि मात्र कार्यतालिका सार्वजनिक गर्ने भन्दै आएको थियो । नेपालले चीनको सिनोभ्याकबाट भेरोसेल खोपको ४० लाख मात्रा ननडिस्क्लोजेबल एग्रिमेन्ट गरी खरिद गरेको हो ।