एमाले कार्यदल फेरि ब्यूँतियो, आजै बैठक बस्ने तयारी

784
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमाले एकताका लागि गठन गरिएको कार्यदल पुनः ब्युतिएको छ । कार्यदलको बैठक केही बेरमा बस्ने भएको छ । कार्यदलमा दुवैपक्षका पाँचरपाँच जना नेता रहेका छन्। कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुबास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

भने वरिष्ठ नेता माधव कुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् । २ जेठमा गठित कार्यदलको बैठक ६ जेठ पछि बस्न सकेको थिएन ।