पाल्पामा निषेधाज्ञा केही खुकुलो, असार मसान्तसम्म जारी रहने



न्युज अफ नेपाल, पाल्पा ।

पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमणको अवस्था कायमै रहेकाले जारी निशेधाज्ञालाई खुकुलो बनाउँदै ३१ असार अर्थात असार मसान्त सम्म लब्याइएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सम्पन्न सोमवार बसेको बैंठकले निषेधाज्ञा थप गरिएको जनाएको छ ।

गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा छैठौ पटक थप गरिएको हो । जारी निषेधाज्ञा मंगलवार राती १२ बजेदेखि सकिदै थियो । बैंठकले यस अघि होटल तथा रेष्टुरेण्ड, विद्यालय, धार्मिक संघ संस्था, शैलुन, पार्लर, बाहेक अन्य पसलहरु विहान ७ बजेदेखि १२ बजेसम्म खोल्न दिएकोमा यसको समय बढाएर ३ बजेसम्म पु-याएको छ ।

बैंक तथा वित्तिय संस्थाहरु भने विहान १० बजेदेखि ५ बजेसम्म नै सञ्चालन हुने छन् बैठकले मालपोत, नापी, वडा तथा नगरपालिका लगाएत सम्पूर्ण सरकारी कार्यालयहरु संचालन गर्ने निर्णय गरेको छ भने रेष्टुरेन्ट तथा खाजाघरहरुले बिहान ७ देखि साँझ ७ बजे सम्म मात्रै (प्याकिङ्ग ) सेवा दिन पाउने छन् ।

बैठकले सार्वजनिक यातायात संचालनमा रोक लगाएपनि निजि सवारी भने पसल संचालनको अवधी दिउँसो ३ बजे सम्म संचालन हुन पाउने निर्णय भएको छ । भिडभाड हुने सभा सम्मेलनबैठक, भाजे भतेर, लगाएतका क्षेत्र संचालन हुन नपाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्