धनी राष्ट्रले गरिब राष्ट्रहरुलाई कोरोना विरुद्धको खोप दिन ढिलाइ गरेकै कारण धेरै मानिसहरुको ज्यान खतरामा : डा. टेड्रोस

238
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोनाको महामारीले गरिब मुलुकका जनताको जीवन खतरामा परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका निर्देशक डा टेड्रोस गेब्रियसिसले कोरोना भाइरसको डेल्टा भेरियन्ट अहिले ९८ वटा देशमा फैलिसकेको र धनी देशले गरिब राष्ट्रहरुलाई खोप दिन धेरै ढिलाइ गरेका कारण धेरै मानिसहरुको ज्यान खतरामा भएकोे जनाएको छ । धनी मुलुकले खोप उत्पादन गर्दै आफैले खपत गरिरहेको र उनीहरुले खोप उत्पादनको पहुँच नभएका मुलुकलाई दिने भनेको कोरोना बिरुद्धको खोप अत्यन्तै थोरै मात्रामा हुनुका साथै उपलब्ध पनि ढिला गरेका कारण नयाँ भेरियन्ट डेल्टा भाइरस धेरै देश र मानिसका बीचमा फैलिएको डा टेड्रोसको दाबी छ ।

गरिब मुलुकमा खोप अभावले मानव अस्तीत्व नै संकटमा परिरहेको बेला धनी मुलुकहरुले बालबालिकालाई लक्षित गरि खोप उत्पादन गर्न लागेको अक्सफोर्ड र एस्ट्राजेनेका खोप उत्पादन समूहकी एक सदस्य प्रोफेसर डेम सारा गिल्बर्टले बालबालिकाहरुका लागि खोप उत्पादन गर्न लागेको बताउँनुभयो ।

उहाँले भन्नुभयो—‘हामीले धनी राष्ट्रका बालबालिकाका लागि र अन्य राष्ट्रका लागि खोप उत्पादन गर्नु छ । कोरोना संक्रमण रोक्नका लागि दुवैलाई एकनास रुपले खोप उत्पादन गर्नुपर्नेछ, ।’ उहाँ भन्नुहुन्छ—‘ कोरोना भाइरसको संक्रमण विश्व व्यापी रुपमा फैलिएकाले हामीले चाहिने मात्रामा खोप उत्पादन गर्न सकिहेका छैनौं, त्यसैले हामीलाई पनि चिन्ता लागिरहेको छ ।

विश्वकै लागि चुनौति बन्दै फैलिएको कोरोना भाईरस नियन्त्रणमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी, जोखिममा रहेका समूहलाई बचाउन सबै देशमा कम्तीमा १० प्रतिशत व्यक्तिहरुलाई आउँदो सेप्टेम्बरभित्रमा कोरोना बिरुद्धको खोप लगाइसक्नु पर्ने डा टेड्रोसले बताउँनुभयो । कोरोनाको पहिलो चरणमा फैलिएको भाईरस भन्दा नयाँ म्यूटेसन ‘डेल्टा भाइरस एकदम खतरनाक हुनुका साथै यो भाइरसले नयाँ स्वरुप परिवर्तन गरिरहेको र गरीब राष्ट्रहरुमा झनै चाँडो फैलिरहेको उहाँले बताउँनुभयो ।

कोरोना भाईरसबाट सबै मुलुकका नागरिक सुरक्षित नभएसम्म निमूर्ल पार्न सकिन्न । कोरोना भाईरस निमूल अर्थात्,कोरोना संक्रमण कम गर्न खोप नै चाहिन्छ । सुरक्षाका लागि विश्वले चाहिने अक्सिजन,परीक्षण तथा उपचार सामान, औषधि जस्ता नभै नहुने स्वास्थ्य सुरक्षाका सामग्रीहरु एकअर्कालाई सहयोग गर्नुपर्छ डा टेड्रोस भन्नुहुन्छ । हालसम्म विश्वभरी ३ अर्ब १६ करोड ५६ लाख ८४ हजार १ सय ८२ जना मानिसहरुले खोप लगाइसकेका छन् । खोप उत्पादन गर्ने कम्पनीहरु बायोटेक, फाइजर, मोर्डनाहरुलाई आफूले जानेको कुरा सबैलाई दिएर खोप उत्पादनमा बृद्धि गर्न सहयोग गर्न रोजालिण्ड फ्यांकलिन इन्सिच्युटका डाईरेक्टर जेम्स नेस्मिथले आग्रह गर्नुभयो ।