दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाएपछि…



न्युज अफ नेपाल, धादिङ ।

दुर्भभ बन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिलालाई जिल्ला बन कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीबाट प्रतिवन्धित दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने महिला लमजुङ घर भई गल्छी बैरेनीमा कोठा गरि बस्ने ४० वर्षिय कल्पना शाखी भएको प्रहरीले जनाएको छ ।

अबैध बन्यजन्तुको शिकार गरेको मुद्दामा अनुसन्धानका लागि आरोपितलाई जिल्ला बन कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्न पठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र खड्काले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्