निर्माणाधीन घरको भ-याङबाट खस्दा कामदार महिलाको मृत्यु



पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरको लोकन्थलीमा निर्माणाधिन घरको तेस्रो तलाको भ-याङबाट खस्दा एक जनाको मृत्यु भएको छ।मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ रमाइलो चोकस्थित घरको तेस्रो तलाबाट खसेर एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए अनुसार स्थानीय राजु श्रेष्ठको निर्माणाधीन घरमा काम गर्न र रेखदेख गर्न बसेकी सिन्धुली दुधौलीकी ३० वर्षीया लीला सदाको मृत्यु भएको हो।

घरमा काम गर्न श्रीमान् रामकुमार सदा, श्रीमती लिला सदा र छोरी बस्दै आएका थिए । शनिबार बेलुकी खाना खाएर लीला छतमा सुत्न भनेर गएकी प्रहरीको भनाई छ । त्यही क्रममा निर्माणाधीन घरको रेलिङ नभएको तेस्रो तलाको भ-याङबाट अचानक भुइँतलामा खसेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । उनको घटनास्थलमै मृत्यु भएको र शवको पोष्टमार्टमका लागि आइतबार केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाइएको प्रहरीले जनाएको छ ।यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्