पर्सामा एघारौँ पटक निषेधाज्ञा थप, सार्वजनिक यातायात र होटल खुल्ने

1.9k
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सा जिल्लामा जारी निषेधाज्ञाको अवधि पुन ः लम्बिएको छ ।जिल्लामा बढ्दै गरेको कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि बैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको अवधि आइतबार दशौंं पटक थप्दै असार २७ गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको हो ।जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आइतबार बसेको बैठकले संक्रमण दर घटेपनि निषेधाज्ञा खुला गर्दा फेरि संक्रमणको दर बढ्ने जोखिम कायमै रहेकोले निषेधाज्ञा बढाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो ।

उहाँले अझैपनि पर्सामा होटल,रेष्टुरेन्ट तथा सार्वजनिक यातयात संचालन गर्न भने नपाइने बताउनुभयो । कोरोनाको दोश्रो लहर बढेसँगै पर्सामा पहिलो पटक बैशाख १६ गतेबाट जिल्लाभर निषेधाज्ञा लागू गरिएको थियो । बैशाख १६ बाट पहिलो पटक थप गरी बैशाख २३ सम्ममा र दोश्रो पटक थप गरी बैशाख मसान्तसम्ममा र तेश्रो पटक जेठ ६ गतेसम्म,चौंथो पटक जेठ १३ गते सम्म,पाँचौं पटक जेठ २१ गतेसम्म र छैठौं पटक जेठ ३० गतेसम्मका लागि लम्बाइएको निषेधाज्ञा सातौं पटक परिमार्जन सहित थप गरेर असार ६ गतेसम्मका लागि लम्बाइएको र फेरि धेरै खुकुलो गर्दै आठौं पटक जेठ १३ गते र नवौं पटक थप गरी आज मध्यरातिसम्मका लागि थप गरिएको थियो ।

यसैबीच पर्सामा अब सार्वजनिक यात्रु बस संचालन गर्न पाइने भएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गर्दै जिल्लाभर सार्वजनिक यातायत संचालनका लागि अनुमति दिइएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत बैशाख १५ गतेबाट थन्किएका यात्रु बाहक ,सवारी साधनहरु भोलिबाट चल्ने पाउनेछन् । यसरी नै बन्द अवस्थामा रहेको होटल ब्यवसाय समेत ५० प्रतिशत क्षमतामा संचालनज गर्न पाउने ब्यवस्था मिलाइएको छ ।

बिवाह लगायतका सामाजिक कार्यमा बढीमा २५ जना उपस्थित हुने पाउने निर्णय गरिएको छ भने नीजि सवारी साधन संचालनका लागि गएको हप्ताबाट नै स्थानीय प्रशासनले अनुमति दिइसकेको छ भने स्वास्थ्यका सबै सुरक्षा पालना गरी सबे प्रकारका ब्यवसाय संचालन गर्नका लागि समेत अनुमति दिइएको छ । यसअघि समय तोकिएकोमा अब पसल खोल्ने समय हटाइ पूरै अवधि संचालनका लागि अनुमसत दिइएको छ तर स्वास्थ्य सुरक्षा पालना नभए कारवाही गर्ने प्रशासनले स्पष्ट पाएको छ ।