बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १० जना घाइते

434
Shares

न्युज अफ नेपाल, बैतडी ।

बैतडीमा जीप दुर्घटनामा हुँदा ३ जनाको मृत्यु भएको छ । आइतबार बिहान सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जीप दुर्घटनामा हुँदा ३ जनाको मृत्यु भएको हो । आज बिहान घटनास्थलमै २ जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका एक सिगास गाउँपालिका–३ का ४५ वर्षीय जयसिंह धामीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ३ पुगेको हो । घाइतेहरुमध्ये अझै थप ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको हाल डडेल्धुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण अझै खुल्न नसकेको पनि प्रहरीले बताएको छ ।