काठमाडौंमा मात्र थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, ५०५१ सक्रिय संक्रमित

2.5k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ८१ र भक्तपुरमा ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै काठमाडौं उपत्यकामा थप ३७६ जना संक्रमित थपिएका छन् ।

हाल काठमाडौं जिल्लामा ५०५१, ललितपुरमा १०६९४ र भक्तपुरमा १०२१० सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा देशभर २३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९जनाको मृत्यु भएको छ ।