पहिराले ४ ट्रकमा क्षति, २ को मृत्यु, बाढिले मजदुर बस्ति र पुल बगायो

3k
Shares

सीताराम अधिकारी, धादिङ ।

अविरल वर्षा पछिको पहिरोमा ट्रक पुरिँदा दुई जनाको मृत्यु भएको छ । ३ जनाको पोखरा स्थित गण्डकी अस्पतालमा उपचार भईरहेको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकावडा नं १० मा खसेको पहिरोले चारवटा सवारी साधनमा क्षति पुगेको छ ।

पहिरोले क्षति पुर्याएको चारमध्ये ना ८ ख ४५४०ट्रक र ना ७ ख ३२० नम्बरको कण्टेनरको मात्र पहिचान खुलेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । अन्य दुई ओटा सवारी साधनको नम्बर खुलेको छैन ।

ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने १८ वर्षीय बिरबल चेपाङ र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको । चेपाङको शब ट्रकमा चेपिएको अवस्थामा छ भने सोनी देबिको पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताउनुभयो ।

राजमार्गमा पहिरोले गर्दा बन्द भएको छ । सवारि साधनको लामो लाम लागेको छ । गल्छी, घाबेसि, बेनिघाट, जोगिमारा, तिकराङ लगायतका स्थानमा पहिरोले राजमार्ग बन्द भएको छ । लगातार पानी परिरहँदा सडक सफा गर्न समेत समसया छ ।

अविरल वर्षा पछि आग्रा खोला र महेश खोलामा आएको ठुलो भेल बाढीले गए शनिबार राति थाँक्रे गाउपालिका वडा नं २ र ११ जोड्ने सिम्लेमा निर्माणाधीन मोटरेवल पुल बगाएको छ ।

६ करोड ५४ लाखमा निर्माणाधिन पुल ठेकेदारको काममा ढिलासुस्ति गर्दा बाढिले बगाएको हो । दिपज्योती कन्ट्कसनले भिजन कन्ट्कसनको सब कन्ट्याक गरि पुल निर्माण भईरहेको र २ वर्षअघि नै नपर्माण गर्नुपर्ने पुल ढिला गरेका कारण बगाएपछि गोगनपानीबासिले दुख पाउने भएको पुल निर्माणका लागि पैरवि गर्नुभएका गोकर्ण रुपाखेतीले बताउनुभयो ।

यसैगरि अबिरल वर्षाका कारण आगरा खोलामा आएको बाढीले खोला किनारमा बसेका मजदुरको बिचल्ली भएको छ ।१ सय ३४ परिवारको मजदुरको छाप्रा बगाएको छ । सबै मजदुरलाई राति खोला किनारबाट उद्दार गरि सुरक्षित ठाउमा राखिएको जनजागृति माध्यमिक विद्यालयका रामचन्द्र रुपाखेतिले बताउनुभयो ।

राति मानिसमात्र उद्धार गरिएकोले मजदुर परिवारसंग खानेकुरा समेत छैन ।