पछिल्लो २४ घण्टामा २७६० जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

196
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७१३० जनामा गरिएको पीसीआर परीक्षणमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेको छ । पछिल्लो २४ घण्टामा ४०१७ जना कोरोना संक्रमणमुत्त भएर घर फर्किएका छन् । भने आज कोरोना संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ ।