राष्ट्रपति भण्डारीले राष्ट्रियसभामा सम्बोधन गर्ने

644
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने भएकी छन् । यद्यपि राष्ट्रपतिले सम्बोधन गर्ने मिति भने तय भइसेको छनै । विहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको बैठकलाई राष्ट्रपतिले सम्वोधन गर्न चाहेको जानकारी गराएका हुन् ।

राष्ट्रपतिले आइतबार वा सोमबार सम्वोधन गर्ने तिमिल्सिनाले समितिलाई जानकारी दिए । राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन रहे पनि प्रतिनिधिसभा विघटन भएकाले यो वर्ष उनले संसदमा सम्बोधन गरेकी छैनन् ।