काठमाडौंमा मात्र थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि

224
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ५६ र ललितपुरमा १०० संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै आज काठमाडौं उपत्यकामा ४५८ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर २६३६ जना संक्रमित थपिएका छन् भने २० जनाको कोरोनाबाट मृत्यु भएको छ ।