धुलिखेलमा बेरोजगार सूचीका, २ सय ३७ लाई रोजगार

1.8k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

धुलिखेल नगरपालिकाका विभिन्न वडामा सुचिकृत भएका ५ सय २५ मध्ये २ सय ३७ जना स्थानीयले रोजगार पाएका छन् । सुचिकृत भएका मध्येका केहलिे वडाका योजनाहरुमा धमाधम कार्य गरिरहेका छन् ।

सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत धुलिखेल नगरपालिकाका लागि ९० लाख रकम विनियोजन गरेको छ । विनियोजन गरेको रकम मध्ये चालु वर्षको अन्त्त्यसम्ममा ३० लाख भन्दा धेरै खर्च हुने कार्यक्रम संयोजक सम्झना शर्मा नेपालले जानकारी दिनु भयो । ‘धुलिखेल नगरपालिकाको वडा नम्वर ४, ५, ९ र १२ मा विभिन्न योजनामा २ सय ३७ जनाले श्रम गरिरहेका छन्’–रोजगार संयोजक सम्झना शर्मा नेपालले भन्नुभयो–‘बेरोजगारहरुलाई छोटो अवधीको रोजगार दिने उदेश्यले शुरु गरिएको कार्यक्रम प्रभावकारी भएको छ । अहिले गरिरहेको कामको अनुगमन नगर प्रमुख, उपप्रमुख एवं वडा अध्यक्ष र प्राविधिकहरुले गरिरहनु भएको छ ।’

वडा नम्वर ९ मा सिँढी निर्माण भईरहेको छ । वडा नम्वर ४ र ५ मा सडक निर्माणसँगै ढुंङ्गा विछ्याउने कार्य भईरहेको छ भने वडा नम्वर ११ मा सिँढी निर्माणको कार्य भईरहेको छ । त्यस्तै वडा नम्वर १२ मा बाटोको नाली खन्ने र भएको स्थानमा सरसफाई गर्ने कार्य भईरहेको छ । सबै कार्यका लागि २ सय ३७ जना कार्यरत रहेको रोजगार संयोजक सम्झना शर्मा नेपालले जानकारी दिनु भयो । केहि वडामा अझै कार्य भईरहेको र बेरोजगारहरुलाई रोजगार दिने कार्य भईरहेको उहाँले बताउनु भयो । नगरपालिकाले पनि बेरोजगारहरुलाई सिप तथा अन्य माध्यमबाट रोजगार बनाउन कार्य गरिरहेको छ । नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले नगर भित्रका नागरिकहरुको आय श्रोत बृद्धी गर्न कृषि तथा पशुपालनसँगै आत्मनिर्भर हुन सिप तथा अनुदानमा ऋण र ब्याजमा सहुलियत दिईरहेको बताउनु भयो । झण्डै एक हजार नागरिकहरु सिप सिकेर आत्मनिर्भर उन्मुख भईरहेका छन् ।

नगरपालिकाले ड्राईभिङ्ग, घरेलु उद्यमका सिपहरु, कृषि तथा पशुपालनका अन्य तालिमहरुमा आर्कषण गरिरहेको छ । सिप सिकेर विदेश जाने र विदेश गएर आएर सिप सिकेर स्वदेशमै उद्यम गर्न चाहनेहरुका लागि नगरपालिकाले आवश्यक तालिम प्रदान गरिरहेको छ । बेरोजगारको सूचीमा नाम दर्ता गराएकाहरु मध्ये अधिकांशलाई विकास निर्माण तथा अन्य आयोजनामा समावेश गरी १२ महिना नै रोजगार दिने गरी योजना बनाई रहेको नगरपालिका प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।