![](https://newsofnepal.com/wp-content/uploads/2021/05/rajendra-bhadra.jpg)
– निरज, नवलपरासी
लिङ्ग कसरी उत्तेजित हुन्छ ?
हामीले इन्द्रियहरुबाट सन्देशहरु ग्रहण गर्छौं । त्यो मस्तिष्कसम्म पुग्छ र चेतनरुपमा हामी सो कुरा थाहा पाउँछौं । यौनसम्बन्धी कुराहरु पनि यसै गरी हाम्रो मस्तिष्कसम्म विभिन्न तरिकाले पुग्छन् । विभिन्न अङ्गहरु (स्रोत) बाट, स्नायु प्रणालीका नसाहरुबाट, विद्युतीय तरङ्ग वा रसायनहरुको माध्यमबाट सन्देशहरु मस्तिष्कसम्म पुग्छन् । त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामी सो कुरा थाहा पाउँछौं । यौनउत्तेजना हुने किसिमका सन्देशहरु प्राप्त भएमा सो व्यक्तिमा यौन उत्तेजना बढ्छ । कुन किसिमको सन्देश बढी यौन उत्तेजक हुन्छ भन्ने कुराचाहिँ व्यक्तिअनुसार फरक हुन सक्छ । यौन उत्तेजना हुन शुरु भएपछि लिङ्गका धमनीहरुबाट बढी मात्रामा रगत लिङ्गमा भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ । साथै लिङ्गबाट रगत बाहिर निस्कने क्रम घट्छ र लिङ्ग कडा, मोटो र लामो हुन्छ । यसलाई नै हामी लिङ्ग उत्तेजित भएको भन्छौं ।एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारको क्रममा खाइने कतिपय औषधिहरू पनि यसको कारण हुन सक्छन् ।
किन उत्तेजित नभएको ?
चाहिएको बेलामा सोचेजस्तो गरेर लिङ्ग उत्तेजित नभई यौनसम्पर्क राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै बेला गरेका हुन्छन् । लिङ्ग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिङ्गलाई सो स्थितिमा राख्न नसक्ने समस्यालाई अंग्रेजीमा इम्पोटेन्स (impotence) भनिन्छ । राम्ररी लिङ्ग उत्तेजित नहुने कारण शारीरिक तथा मानसिक दुवै हुन सक्छन् । लिङ्गको उत्थित हुन सक्ने तन्तुमा रक्तप्रवाहलाई नकारात्मकरुपमा प्रभाव पर्ने कुनै पनि स्थिति लिङ्ग उत्तेजना नहुने सम्भावित कारण बन्न सक्छ । मधुमेह, मृगौलाको खराबी वा कलेजोको खराबी, प्रजनन अङ्ग वा त्यसको स्नायु प्रणालीलाई प्रभावित पार्ने गरेर भएको चोटपटक वा रोग, रक्तनसा वा रक्त प्रणालीमा भएको खराबीले लिङ्ग उत्तेजित नहुने समस्या गराउन सक्छ । यस्तै एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारको क्रममा खाइने कतिपय औषधिहरू पनि यसको कारण हुन सक्छन् । पार्किनसन्स रोग वा क्यान्सरको उपचारमा प्रयोग गरिने औषधिहरूले पनि यस्तो गराउन सक्छन् । साह्रै थकाइ लागेकोले होस् वा अधिक मादक पदार्थको सेवन गरेकोले होस्, लिङ्ग उत्तेजनामा नकारात्मक असर परेको हुन सक्छ । तनाव, चिन्ता, ग्लानी, उदासीपन, आत्मविश्वास कम हुनु, यौन सक्षमताको चिन्ता, यौनसम्बन्धी कुरामा नै अरुचि हुनु, यौनजोडीसँगको सम्बन्धमा भएको एकनासेपनबाट दिक्क हुनु, यौनरोग वा अन्य रोग लाग्ला कि भन्ने चिन्ता, भावनात्मक असन्तुलन वा अन्य मनोवैज्ञानिक रोगजस्ता कुरा पनि लिङ्ग उत्तेजित नहुने कारण हुन सक्छन् ।![](https://sadhana.newsofnepal.com/wp-content/uploads/2021/06/impotence-768x512.jpg)