स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

196
Shares

यमलाल भुसाल, बुटवल ।

नेपालमा कोभिड महामारीले आक्रान्त बनाएको र अक्सिजनको अभावमा कोभिड संक्रमितको ज्यान जाने क्रमले उग्ररुप लिएसंगै अक्सिजनको अभावलाई मन्यनजर गरि नीजि क्षेत्रवाट अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने क्रम पछिल्ला दिनमा बढदै गएको छ ।

अक्सिजन

कन्सन्ट्रेटर सहयोग हुने क्रमसंगै विभिन्न कोभिड अस्पताल र स्वास्थ्य सेवा केन्द्रमा ती मेशिन संचालन गर्ने दक्ष जनशक्तिको अभाव हुन नदिन सरकार गम्भीर हुन जरुरी रहेको छ ।

सामाजिक उत्तरदायित्व तथा सामाजिक सेवामा क्रियाशिल व्यावसायिक संस्था एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लिको एक्सपर्ट फाउन्डेसन मार्फत नेपालका विभिन्न जिल्लामा गरि ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

फाउन्डेसनका नेपालका अध्यक्ष रोशन कडेलले सोमवार लुम्बिनी प्रदेशको बुटवलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा ५ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नु भयो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर ९ मा संचालित कोभिड आईशोलेसन सेन्टर, वडा नम्बर ८ को स्वास्थ्य चौकी, देवदह नगरपालिकामा संचालित कोभिड अस्पताल, रुपन्देहीकै कंचन गाउपालिकामा संचालित स्वास्थ्य चौकी र गुल्मी जिल्लाको रुरु स्वास्थ्य चौकीलाई एक एकथान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको हो ।

मेशिन हस्तान्त्ररण समारोहमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठले स्थानियतहहरुले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर वजेट तर्जुमा गर्नु पर्ने र अक्सिजन कन्सन्ट्रेटर प्राप्त गर्ने स्वास्थ्य संस्थाले दक्ष जनशक्तिमार्फत मात्र संचालन गर्न आह्वान गर्नु भयो ।

मन्त्री श्रेष्ठले स्थानियतहहरुलाई भौतिकपूर्वाधारमा भन्दा पनि गुणस्तरिय सेवा प्रभावमा ध्यान दिन आग्रह गर्नु भयो  कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नारायण न्यौपाने र वडा नम्बर ७  का अध्यक्ष दूर्गा पाण्डेले अक्सिजन कन्सन्ट्रेटर अक्सिजन अभाव हुने स्थानका स्वास्थ्य संस्थाहरुका लागि निकै प्रभावकारी हुने धारणा राख्नु भयो ।

कोभिड–१९ को असरमा परेका व्यक्तिहरुलाई विभिन्न सहायताहरु प्रदान गर्दै आएको संस्थाले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई विभिन्न राहत प्याकेजहरु वितरण गरेको छ । नेपालका विभिन्न स्थानमा खाद्यान्न वितरण, अक्सिजन सिलिन्डर वितरण, रक्तदान लगायतका सहायताहरु प्रदान गरिसकेको संस्थाले अक्सिजन कन्सन्ट्रेटर सहयोग प्रदान गरी आफनो सामाजिक उतरदायीत्वलाई थप प्रभावकारी बनाएको छ ।