‘लाज सरम पचेको मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव राख्न मलाई बहुला कुकुरले टोकेको छ र !’

11.7k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल लाज सरम पचेको व्यक्ति भएको आरोप लगाएका छन् । ७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेता नेपाल कांग्रेसको पछाडि कुद्ने मान्छ भएको बताएका छन् ।

‘माधव नेपाल भन्ने एक जना कांग्रेसको पछाडि कुद्ने मान्छे छन्, ‘नेपालको राजनीतिमा सबैले चिन्छन् प्राय । किनभने असाध्यै चर्चा भइराख्या छ । यतिसम्म पनि मान्छे पतन हुने रहेछ । कम्युनिष्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर भन्ने । यस्तो लाज सरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले मात्र होइन नकारात्मक हिसाबले पनि चर्चा त हुन्छ ’ उनले भने ।

त्यस्तै, आफूले नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राखेको कुरा अफवाह भएको जनाउदै ओलीले भने  ‘धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो ! मलाई बहुला कुकुरले टोकेको छ र ? अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ?’