माओवादी केन्द्रद्वारा प्रदेशसभा बैठक अवरुद्ध

168
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ । भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले माफी माग्नुपर्ने माग राख्दै नेकपा माओवादी केन्द्रले बैठक अवरुद्ध गरेको हो ।

बैठक अवरुद्ध भएसँगै सभामुख प्रदीपकुमार भण्डारीले मंगलबार दिउँसो १२ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । मन्त्री गुरुङले सांसद मोहनबहादुर खड्कालाई व्यक्तिगत गालीगलौच गरेको भन्दै माओवादी केन्द्रले माफी माग्न माग राख्दै बैठक अवरुद्ध गरेको हो ।