काठमाडौं उपत्यकाका सिडिओको बैठक आज पनि बस्दै


न्युज अफ नेपाल ,काठमाडौं ।

काठमाडौंका उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओहरुको बैठक आज (सोमबार) बस्दै छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको बैठकले हिजो (आइतबार) निषेधाज्ञाबारे निर्णय गर्न नसकेपछि आज पनि बैठक बस्न लागेको हो ।

हिजो बसेको बैठकले  काठमाडौं उपत्यकामा जोर-बिरोर प्रणालीमा सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्नेबारे छलफल भए पनि त्यसबारे निर्णय हुन सकेको थिएन ।

निषेधाज्ञ थप खकुलो बनाए थप्ने विषयमा भने सहमति भैसकेको स्रोतको भनाइ छ । बैठकमा जनस्वास्थ्यको मापदण्ड पालना गरी आधा सिट क्षमतामा सार्वजनिक सवारी साधन चल्न दिने र १५ दिन निषेधाज्ञा थप गर्ने विषयमा छलफल भएको थियो ।