फलफूल र हरियो तरकारी खाँदाको फाइदा



खानेकुरा काँचो मीठो हुँदैन तर यसको लाभ भने छ । त्यसैले आजभोली दिनहुँ काँचो खानेकुरा लोकप्रिय भएको पाइन्छ । जाडो सयमा त्यति काँचोकचिलो नखाए पनि गर्मी मौसम भने यस्तो खानेकुराका लागि उपयुक्त समय मानिन्छ ।गर्मी मौसममा फलफूल र सागसब्जी पनि पर्याप्त पाइन्छ । काँचो खानेकुरा खाँदा राम्रो तर खानुअघि राम्ररी पखाल्ने वा प्रशोधनका अन्य उपाय अवलम्बन भने गर्नुपर्छ । काँचो फलफूल तथा तरकारी खानुका फाइदाहरु जानी राखौं ।

१. क्यान्सर घटाउँछ । दैनिक भोजनमा फलफूल र सागसब्जीजस्ता धेरैभन्दा धेरै काँचो खानेकुरा मिसाएर खाने बानीले क्यान्सरको खतराबाट जोगाउँछ । काँचो खानेकुरामा प्रशस्त भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट पकाइएका खानाको तुलनामा बढी हुन्छ । किनकि पकाएको खानेकुरामा कार्सिनोजेन नामक तत्व हुने भएकोले पकाएको खानेकुराबाट विभिन्न प्रकारका क्यान्सर हुने खतरा हुन्छ ।

२. प्राकृतिक इन्जाइम प्राप्त हुन्छ । काँचो खानेकुरा विभिन्न प्रकारका प्रोटिनको महत्वपूर्ण स्रोत हो, जसले पाचन प्रक्रिया सहज गर्ने, कोलेस्ट्रोल ठीक राख्ने र कब्जियतबाट बचाउँछ ।

३. सुगरप्रतिको मोह घटाउँछ । यदि तपाई चिनिप्रतिको मोह नियन्त्रण गर्न सक्नु भएको छैन भने कच्चा खानेकुराले तपाईको समस्या समाधान गर्छ । फलफूल चिनी र ऊर्जा प्रदान गर्ने अन्य पोषणको स्वभाविक प्राकृतिक स्रोत हो ।

४. फ्याट र क्यालोरी थोरै हुन्छ । फलफूल तथा सागसब्जीमा फ्याट र क्यालोरीको मात्रा प्राकृतिक दृष्टिले नै न्यून हुन्छ । कतिपय फलफूलमा त फ्याट नै हुँदैन । तपाईं आफ्नो तौल बढेर हैरान हुनुहुन्छ वा मोटोपनबाट मुक्त हुन चाहनुहुन्छ भने निश्चय नै काँचो फलफूल र सागसब्जी सहयोगी सिद्ध हुन सक्छ ।

५. वातावरण मैत्री हुन्छ : वातावरणलाई संरक्षण गर्न चाहनुहुन्छ ? हरेक दिन धेरैभन्दा धेरै कच्चा खानेकुरा खानुहोस् । कच्चा खानेकुराले थोरै मात्रामा कार्बनडाइअक्साइड उत्सर्जन गर्छ । त्यसलाई पकाउन तपाईंलाई ऊर्जा आवश्यकता पर्दैन । कच्चा खानेकुरालाई प्याक गर्न वा बोतलमा राख्न पर्दैन । यसले प्रदूषण वा फोहोरलाई रोक्न पनि सहयोग गर्छ ।

६. स्वादिलो हुन्छ । काँचो खानेकुरा कसलाई पो मन पर्दैन र ? बदाम, केरा, किबी फल, सुन्तला, स्याउ, चेरी, स्ट्राबेरी, व्लुबेरी, गाजर, मुला, आँप, भुइँकटहर, एभोकाडोलगायतका अन्य फलफूल र सागसब्जी निकै स्वादिला हुन्छन् । यसलाई अझै स्वाद थप्न पकाउँदा प्रयोग गरिने चिज मिसाउनुपर्दैन ।
– सुनिता विश्वकर्मा, नेपालगन्ज ।

प्रतिक्रिया दिनुहोस्