असार १७ देखि आन्तरिक उडान सञ्चालन हुने


न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले आन्तरिक हवाई उडान असार १७ देखि सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको छ ।

नियमित उडानको आधा संख्यामा एयरलाइन्सले जहाज उडाउन पाउने छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलले जनाएअनुसार बुद्ध एयरलाई दिनमा ३१ उडान गर्न दिइने भएको छ। यस्तै यति एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई ७, सौर्यलाई ३ र एसटिओएलतर्फ उडान गर्नेलाई तीन – तीन उडान स्वीकृति दिइएको छ।