कोभिशिल्डको नक्कली खोप नेपाली बजारमा बिक्री हुँदै !

4.8k
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

नेपालमा कोरोना बिरुद्धको खोप अभावको मौका छोपेर कोभिशिल्ड खोप भन्दै लुकीछिपी नेपालमा भारतीय नाका आसपासमा विक्रि भएको भन्दै छानविनको माग अघि सार्दै राष्ट्रिय उपभोक्ता मञ्चले आफुलाई सूचना प्राप्त भएको भन्दै विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विज्ञप्ति निकालेरै पूर्वी नाकाहरुबाट काठमाडौं लगायतका शहरी क्षेत्रहरुमा ल्याइ अबैध रुपमा कोविशिल्डको खोप भन्दै लुकीछिपी ३ हजार देखि ५ हजार सम्ममा बिक्रि बितरण भइरहेको गोप्य सूचना केही चिकित्सकहरुले दिएको उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकार संयन्त्रबाट नै खोप गायव भएको समाचार र भारतको बंगालमा नक्कली कोविशिल्डको बजारमा बिक्रि भई रहेको समाचारलाई बिश्लेषण गर्दा यस्मा सरकारको सक्रियता र सजगतामा कमि देखिएकोछ ।’

उहाँले जनताको जनस्वास्थ्य माथि खेलवाड गर्दै यस्तो गम्भिर प्रकृतिको कृयाकलापको सम्बन्धमा ध्यानाकर्षण गर्दै तत्काल यस विषयमा छानविन गरी दोषीलाई कडा कारबाहीको माग गर्नुभएको छ । यस बिषयमा थप जानकारीका लागि सम्पर्क गर्दा अध्यक्ष महर्जजनसँग मोबाईल सम्पर्क हुन सकेन ।