उपत्यकामा जारी निषेधाज्ञा थप लम्बिने

9.9k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप लम्बिने भएको छ । यसै विषयमा छलफल गर्नका लागि आइतबार साँझ ४ बजे काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच बैठक बस्दैछ ।

कोरोना महामारीको दोस्रो लहर देखिएसँगै १६ वैशाखबाट जारी गरिएको निषेधाज्ञा थप केही क्षेत्रलाई सहजीकरण गर्ने गरी लम्बिने भएको छ । यस अघि बसेको बैठकले जोर-विजोर प्रणाली लागू गरेर निजी सवारीसाधन चल्न दिएको थियो । त्यस्तै, किताब, खाद्यान्न, कपडालगाएत विभिन्न पसलहरु पनि हप्तामा पालैपालो खुल्ने भएका छन् ।