सामान्य विवाद हुँदा वडाध्यक्षको हत्या, दुई पक्राउ

3.9k
Shares

न्युज अफ नेपाल, सर्लाही ।

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको छ ।

सामान्य विवादमा एक्स्काभेटर चालक हर्षबहादुर तामाङले एक्स्काभेटरको बकेटले प्रहार गरेर श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ । श्रेष्ठको हत्यामा संलग्न तामाङसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।