स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन पहल गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता



न्युज अफ नेपाल, काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सरकार गम्भीर भएर अघि बढेको बताएका छन् ।

शुक्रबार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै श्रेष्ठले कोरोनाको सम्भावित तेस्रो लहरको जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन समेत सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । त्यस्तै, उनले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्